“वर्गीय समाज मा वर्गीय प्रेम नै चोखो र पवित्र हुन्छ “

एउटा २५ बर्से युबक जागिर को सिलसिलामा तेर्हथुम जिल्ला बाट ताप्लेजुंग को साब्लाखु भन्ने ठाउँमा जान्छ र स्थानिय बिद्यालय मा पढाउन को लागि ।यहि सिलसिलामा उसले त्यो ठाउको तिमल्सिना थर का स्थानिया गन्ने मान्ने को घर मा बस्ने चाजोपाजो मिलाउछ र आफ्नो पढाउने काम पनि जारी राख्छन ।

सोहि गाउमा एउटा घर लिम्बु लाहुरे को हुन्छ ,जसका ५ छोरि र १छोरा हुन्छन र भारतीय सैनिक सेवा बाट अवकाश पाए पछि त्यो परिवार नेपाल फर्किएको लगभग ६  वर्ष भएको हुन्छ ।त्यस गाउमा लिम्बु सैनिक परिवार लाई उच्च सम्मान ले हेर्ने गरेको हुन्छ ,पुर्खौ देखि त्यो परिवार ले गाउले लाई पर्दा सहयोग गरेको हुनाले छोरो सम्मले यो कायम राखेको हुनाले त्यो परिवार लाई निकै सम्मान हेर्ने गरिदो रहेछ ।

जेठी छोरि को नजिकै बिहे भै सकेको हुन्छ ।एउटा छोरो भारतीय बायु सेना मा कार्यरत हुन्छन ,वहा गाउ फर्किदा उक्त  शिक्षक संग राम्रो मित्रता हुन्छ  र घर मा आउने जाने क्रम माहिली छोरी  जसको उमेर त्यति बेला २२ वर्षको हुन्छ ,पहिलो नजर को माया त नभनौ ! बोलि व्यवहार र काम गर्ने शैली प्रति ज्यादै नै आकर्षित भएर आफ्नो मन दिन पुग्छन ! आज आउने भोलि आउने विभिन्न बहाना मा घर आउने क्रम बाक्लिदै जान्छ र वहा लाई लाई पनि शिक्षक मन पर्न पुग्छ ,प्रस्ट बक्ता ,आकर्षक व्यक्तित्व र रुचाईएका शिक्षक( बहिनिहरुका मन पर्ने सर ) यस्ता बिशेषता  हेरेर उनले  ले पनि धेरै दिन नाइँ भन्न सकिनन ।र प्रेम हुन्छ ।

गाउमा यो धेरै दिन लुक्न सकेन ,गाउमा गाईगुइ सुरु हुन थाल्छ ।र उनीहरुले भागेर बिहे गर्ने संकल्प गर्छन,त्यहि  अनुरुप गाउको मेला लागेको बेला भाग्ने कुरा हुन्छ दुइ बीच,र अन्तत उनि हरु भाग्छन ! ओरालो लाग्दै गरेको मैले देखेको भन्दै गाउको एकजनाले केटि को बुवा र दाई लाई खबर पुर्याई दिन्छन ! यो खबर गाउ मा डढेलो सरि फैलिन्छ “लाहुरे को माईलि लाई सर ले लग्यो “ भनेर ! र छोरी लाई फर्काउने कसरत मा लाग्छन बाउ र छोरा ,यता घर मा केटि को आमा को रुवाबासी चल्छ  तर बहिनि चाहि मन मनै खुशी हुन्छन किनकि उनीहरुलाई त्यो शिक्षक लाई भेनाजु को रुपमा देख्न चाहन्थे ।अन्तत : उनि हरु अर्को बाटो (२  बाटो हुन्छ) प्रयोग गरेर तेर्हथुम तर्फ हिडी सकेको हुनाने फर्काउने असमर्थ हुन्छन र निराश भएर फर्किन्छन !

र उनीहरु अशार ९ गते तेर्हथुम को मन्दिर मा गएर बिहे गरेर आफ्नो प्रेम लाई मुर्त रुप दिन्छन र आफ्नो अन्तर्जातीय प्रेम लाई औपचारिक सुरुवात ! र प्रारम्भ हुन्छ दुइ जनाको एक कठोर सामाजिक परीक्षा जसमा दुइ जनाले पार गर्नु पर्नेछ हात मा हात मिलाइ…………………………………..

==========================================================================

माथिको प्रसङ्ग मेरो बुवा र आमा को प्रेम कथा को हो !आज भन्दा २५ वर्ष अगाडी वहा हरुले अन्तर जातीय विवाह गर्नु भएको हो ।वहा हरुको अटुट साथ र माया लाई देखेर मेरो मन मा अन्तर्जातीय प्रेम विवाह प्रति सधै सम्मान र आस्था छ ! जति सुकै उप्ठ्यरो सामाजिक परिस्थिति सामाना गर्नु भएको छ वहाहरुले त्यति नै एक अर्का प्रति को माया र विश्वास ले त्यो परिस्थिति लाई जित्नु भएको छ ।

म कामना गर्छु कि अब को दिन मा मेरो बुवा आमा जस्तो सामजिक अड्चन हरु कुनै  अन्तर्जातीय जोडी ले भोग्न नपरोस (अहिले केहि हद सम्म नेपाली समाज फराकिलो हुदै गएको छ अन्तर्जातीय विवाहमा)।

Advertisements

One thought on ““वर्गीय समाज मा वर्गीय प्रेम नै चोखो र पवित्र हुन्छ “

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s